महासंघमा विधान, विनियम, निर्णय, निर्देशन वा प्रचलित नियम उलंङघन गरी महासंघको काम कारवाही तथा आचरण विपरित हुने गम्भीर प्रकृतीको कार्य गरेमा अनुशासन आयोगले स्पष्टीकरण सोध्ने, पंतिवेदन लिने, छानविन गर्ने र गम्भिर त्रुटी भएको देखिएमा तोकिए बमोजिम सम्बन्धित तहकोकार्य समितिलाई कारवाहीकोलागि सिफारिस गर्न महाधिबेशनकोप्रतिनिधिहरूवाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिकोबहुमत वाट पाँच सदस्यीय एक अनुशासन आयोगको गठन गरिनेछ । अनुशासन आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । अनुशासन आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिको पदेन सदस्यको रूपमा रहनेछन ।
CONEP NEPAL CONEP NEPAL