राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार :
- महाधिवेशनद्वारा पारित भएका नीति कार्यक्रमहरूकोकार्यान्वयन गर्ने ।
- महाधिवेशनद्वारा पारित प्रस्ताव र निर्णय अनुसार आवश्यक नीति र योजना तर्जुमा गर्ने ।
- महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने ।
- विधानसँग नबाझिने गरी आवश्यक नियम, विनियमको निर्माण गर्ने ।
- सदस्यता सम्बन्धी निर्णय गर्ने ।
- वार्षिक बजेट तथा कार्यक्रम पारित गर्ने र आयव्यय विवरण तयार गरी राष्ट्रिय परिषद र महाधिवेशनमा पेस गर्ने ।
- आफ्नो कार्यकालको महत्त्वपूर्ण गतिविधिहरूको विवरण राष्ट्रिय परिषद तथा महाधिवेशनमा पेस गर्ने ।
- राष्ट्रिय परिषद्कोबैठक बोलाउने ।
- महासङ्घकोविस्तार, विकास तथा सुदृढीकरणका लागि आवश्यक विभागहरू गठन गर्ने ।
- महासङ्घका लागि पूर्णकालीन एवं अल्पकालीन पदाधिकारीका साथैकार्यालयका लागि आवश्यक पर्ने कर्मचारीकोनियुक्ति गर्ने र उनीहरूको सेवा, सर्त, पारिश्रमिक तथा अन्य सुविधाहरू तोक्ने ।
- महासङ्घकोउद्देश्य पूर्तिका लागि अन्य कार्य गर्ने ।
- महासङ्घको सदस्यताकोआबद्धता र खारेजीकोनिर्णय गर्ने।
- राष्ट्रिय समितिको बैठक वर्षमा कम्तीमा २ पटक बस्नेछ तर सामान्यतयाः दुई बैठककोबिचमा ६ महिनाभन्दा फरक हुनेछैन ।
CONEP NEPAL CONEP NEPAL