August 18, 2023
उपमहासचिवहरूको काम, कर्तव्य र अधिकार:, काम, कर्तव्य र अधिकार
उपमहासचिवहरूको काम, कर्तव्य र अधिकार:
- महासचिवको अनुपस्थितिमा तोकिएको उपमहासचिवले कार्यवाहक महासचिव भई काम गर्ने ।
- राष्ट्रिय समिति र स्थायी समितिलेतोकेबमोजिमकोकार्य सम्पादन गर्ने ।
- महासचिवलेप्रत्यायोजित गरेकोकार्य गर्ने ।
- कार्य विभाजनमा तोकिएकोकार्य गर्ने ।
- महासचिवकोकाममा सहयोग पु¥याउने ।
August 18, 2023
काम, कर्तव्य र अधिकार, महासचिवको काम, कर्तव्य र अधिकार
महासचिवकोकाम, कर्तव्य र अधिकार:
- राष्ट्रिय समिति र स्थायी समितिबाट भएका निर्णयको कार्यान्वयन गर्ने, गराउने ।
- सचिवालयको सम्पूर्ण दैनिक कार्य सञ्चालनमा उत्तरदायी रहने ।
- महत्त्वपूर्ण कार्यमा अध्यक्षकोपरामर्श लिने ।
- महासङ्घका सम्पूर्ण कागजात एवं सम्पत्तिको संरक्षण गर्ने ।
- अध्यक्षलाई आवश्यक सल्लाह दिने ।
- अध्यक्षकोराय बमोजिम बैठक बोलाउनेर बैठक सम्बन्धीआवश्यक व्यवस्था गर्ने ।
- प्रतिवेदनहरू तयार गर्ने गराउने र महाधिवेशन, राष्ट्रिय परिषद तथा राष्ट्रिय समितिकोबैठकमा प्रस्तुत गर्ने ।
- विभागहरूकोकामको समन्वय गर्ने गराउने ।
- महासङ्घकोप्रवक्ता भई कार्य गर्ने ।
- महासंघकोप्रसासन, संगठन र आर्थिक कार्य संचालन गर्ने गराउने ।
- महासचिवलेगर्नुपर्ने अन्य सबैकार्य गर्ने ।
August 18, 2023
उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार, काम, कर्तव्य र अधिकार
उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार :
- अध्यक्षकोअनुपस्थितिमा तोकिएको उपाध्यक्षले कार्य वाहक अध्यक्ष भई कार्य गर्ने ।
- तोकिए बमोजिमकोकाम गर्ने ।
- अध्यक्षकोकाममा सहयोग गर्ने ।
- आफ्नोकार्य क्षेत्रकोआवधिक प्रतिवेदन प्रस्तुत गर्ने ।
August 18, 2023
अध्यक्षको काम, कर्तव्य र अधिकार, काम, कर्तव्य र अधिकार
अध्यक्षकोकाम, कर्तव्य र अधिकार :
- महासङ्घको उद्देश्य परिपूर्तिका लागि आवश्यक सम्पूर्ण कार्यकोनेतृत्व, निर्देशन, नियन्त्रण र रेखदेख गर्ने ।
- राष्ट्रिय समितिकोबैठक बोलाउन समय अनुकूल नभएमा आगामी बैठकबाट अनुमोदन गराउने गरी नियमित आवश्यक कार्य सम्पादन गर्ने ।
- राष्ट्रिय समिति तथा स्थायी समिति बैठककोअध्यक्षता गर्ने ।
- आगामी बैठकबाट अनुमोदन गराउने गरी आकस्मिक कार्यका लागि आवश्यक खर्च गर्न स्वीकृति दिने ।
August 18, 2023
काम, कर्तव्य र अधिकार, राष्ट्रिय समितिको काम, कर्तव्य र अधिकार
राष्ट्रिय समिति को काम, कर्तव्य र अधिकार :
- महाधिवेशनद्वारा पारित भएका नीति कार्यक्रमहरूकोकार्यान्वयन गर्ने ।
- महाधिवेशनद्वारा पारित प्रस्ताव र निर्णय अनुसार आवश्यक नीति र योजना तर्जुमा गर्ने ।
- महाधिवेशन सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने ।
- विधानसँग नबाझिने गरी आवश्यक नियम, विनियमको निर्माण गर्ने ।
- सदस्यता सम्बन्धी निर्णय गर्ने ।
- वार्षिक बजेट तथा कार्यक्रम पारित गर्ने र आयव्यय विवरण तयार गरी राष्ट्रिय परिषद र महाधिवेशनमा पेस गर्ने ।
- आफ्नो कार्यकालको महत्त्वपूर्ण गतिविधिहरूको विवरण राष्ट्रिय परिषद तथा महाधिवेशनमा पेस गर्ने ।
- राष्ट्रिय परिषद्कोबैठक बोलाउने ।
- महासङ्घकोविस्तार, विकास तथा सुदृढीकरणका लागि आवश्यक विभागहरू गठन गर्ने ।
- महासङ्घका लागि पूर्णकालीन एवं अल्पकालीन पदाधिकारीका साथैकार्यालयका लागि आवश्यक पर्ने कर्मचारीकोनियुक्ति गर्ने र उनीहरूको सेवा, सर्त, पारिश्रमिक तथा अन्य सुविधाहरू तोक्ने ।
- महासङ्घकोउद्देश्य पूर्तिका लागि अन्य कार्य गर्ने ।
- महासङ्घको सदस्यताकोआबद्धता र खारेजीकोनिर्णय गर्ने।
- राष्ट्रिय समितिको बैठक वर्षमा कम्तीमा २ पटक बस्नेछ तर सामान्यतयाः दुई बैठककोबिचमा ६ महिनाभन्दा फरक हुनेछैन ।
August 18, 2023
काम, कर्तव्य र अधिकार, महाधिवेशनको काम, कर्तव्य र अधिकार
महाधिवेशनकोकाम, कर्तव्य र अधिकार:
- राष्ट्रिय समिति, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगकोनिर्वाचन गर्ने ।
- राष्ट्रिय समितिकोनीति निर्माण गरी कार्यक्रम पारित गर्ने ।
- बजेट तर्जुमा गर्ने ।
- लेखा परीक्षककोनियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
- विधान पारित र संशोधन गर्ने ।
- आवश्यक प्रस्तावहरू पारित गर्ने ।