Breaking News
Home / कोनेप विधान

कोनेप विधान

पेसागत महासंघ नेपाल

२००७ साल माघ ४ गतेबाट सङ्गठित रूपमा सुरु भएको पेसागत आन्दोलनको इतिहासलाई निरन्तरता दिंदै, २०४६ सालको ऐतिहासिक जन आन्दोलनबाट प्राप्त सङ्गठन स्वतन्त्रताको पूर्ण उपयोग गर्दै , पेसागत क्षेत्रमा भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका ट्रेड युनियन/पेसागत सङ्घ/सङ्गठनहरू बीच आपसी समन्वय, सहयोग र ऐक्यबद्धता प्रकट गर्न, श्रमिक/पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बढ्न र एकीकृत राष्ट्रिय शक्तिको निर्माण गरी सोका माध्यमबाट पेसागत क्षेत्रको समस्या समाधान गर्न राष्ट्रिय स्तरका पेसागत सब्गठनहरू एक आपसमा मिली २०५२ जेठ ६ गते स्थापना भएको पेसागत ऐक्यबद्धता मञ्चलाई महासब्घका रूपमा रूपान्तरण गरी गठन भएको पेसागत महासब्घ नेपालको गौरवमय क्षणलाई स्मरण गर्दै २०६२/०६३ सालको शान्तिपूर्ण जनक्रान्तिमा सहभागी भएको परिणाम स्वरूप राजतन्त्रको अन्त्य भई प्राप्त भएको सब्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्न र ट्रेड युनियन अधिकारको उपयोग गर्दै राष्ट्र निर्माणमा सब्गठित तबरले योगदान पु¥याउन, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार एवं राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको संवैधानिक सुनिश्चितता गरी पेसागत क्षेत्रमा क्रियाशील राष्ट्रिय मान्यता प्राप्त ट्रेड युनियन/पेसागत सङ्घ/सङ्गठनहरू एकआपसमा मिली श्रमिक पेसाकर्मीहरूको पेसागत सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्य र समाजवादको ध्येय प्राप्तिका लागि आम श्रमिक पेसाकर्मीहरू बिच ट्रेड युनियन महासब्घका रूपमा स्थापित गर्दै यस क्षेत्रको सशक्त, स्वतन्त्र, जुझारु, सब्घर्षशील र वर्ग आधारित प्रगतिशील ट्रेड युनियन केन्द्रका रूपमा विकसित गर्न वाञ्छनीय भएकाले पेसागत महासब्घ नेपालको विधान–२०५२ लाई सातौं महाधिवेशनबाट छैठौं संशोधन गरी लागु गरिएको छ ।