Breaking News
Home / Home

Home

लेखापरिक्षण आयोग

महासंघकोलेखा प्रणाली लाई ब्यबस्थित र पारदर्शी बनाउन, नियमित आन्तरिक लेखा परिक्षण गर्न, सवैतहका कार्य समितिहरूकोलेखा अनुगमन गर्न र लेखा ब्यबस्थापन सम्बन्धि आवश्यक सुझाव दिन, महाधिबेशनको प्रतिनिधिहरूवाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिको बहुमत वाट पाँच सदस्यीय एक लेखापरिक्षण आयोगकोगठन गरिनेछ । लेखा परिक्षण आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । लेखा परिक्षण आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिकोपदेन सदस्यकोरूपमा रहनेछन ।

वैचारिक आधारहरू

पेसागत महासंघ नेपालका  वैचारिक आधारहरू:-
(क) यो महासङ्घ समानता, सामाजिक न्याय, लोकतन्त्र, विश्व शान्ति र मानव आधिकारका आदर्शलाई सदैव आफ्नो मार्ग निर्देशक सिद्धान्तका रूपमा स्वीकार गर्दछ ।
(ख) घटकहरू यस विधानको अधीनमा रही आआफ्नो स्थानमा स्वतन्त्र रहनेछन् र कसैको आन्तरिक मामिलामा हस्तक्षेप गरिने छैन ।यस विधानसंँग बाझिने घटकका विधानहरू बाझिएको हदसम्म अमान्य हुनेछन् ।
(ग) यस महासङ्घको सञ्चालन लोकतान्त्रिक प्रक्रियाबाट हुनेछ ।
(घ) यो महासङ्घ लोकतन्त्र, प्रगतिशील एवं समाजवाद पक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रसँंग आबद्ध रहनेछ ।
(ङ) यो महासङ्घ जातीयता, क्षेत्रीयता, धार्मिक, साम्प्रदायिक आदि प्रभावबाट मुक्त रहनेछ ।

पेसागत महासंघ नेपालका उद्देश्यहरू

पेसागत महासंघ नेपालका वैचारिक उद्देश्यहरू

(१) श्रमिक/पेसाकर्मीहरूको दक्षता वृद्धि तथा आर्थिक, सामाजिक र बौद्धिक समुन्नतिका लागि उनीहरूको सेवा सर्त तथा कार्य अवस्थामा सुधार ल्याउन राष्ट्रिय रूपमा प्रयत्नशील रहने ।
(२) श्रमिक/पेसाकर्मी र व्यवस्थापन तथा सरकार बीच सुसम्बन्ध राख्न प्रयत्न गर्ने ।
(३) विभिन्न क्षेत्रका पेशागत सब्गठन/ट्रेड युनियन बिच आपसी सुमधुर सम्बन्ध बढाउँदै उनीहरूलाई देश विकासमा सब्गठित तबरले क्रियाशील गराउन प्रयत्नशील रहने ।
(४) देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा जनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिने ।
(५) महासंघका सदस्यहरूलाई तालिम तथा शिक्षा प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
(६) श्रम नीतिको तर्जुमा गर्न र श्रमिक पेसाकर्मीहरूको तलब तथा सुविधा वृद्धिको निर्धारण गर्नका लागि सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने ।
(७) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न ट्रेड युनियन केन्द्रहरूसँग सम्बन्ध स्थापना गर्ने ।
(८) श्रमिक पेसाकर्मीहरूको हकहितका लागि व्यवस्थापन र नेपाल सरकार समक्ष सामूहिक सौदावाजी गर्ने ।
(९) श्रमिक/पेसाकर्मीहरूलाई आफ्नो सेवाप्रतिको दायित्व दक्षतापूर्वक निर्वाह गर्ने कार्यमा प्रेरित गर्ने ।
(१०) श्रमिक/पेसाकर्मीहरूको हकहितको संरक्षण र संवद्र्वन गर्नका लागि सबै क्षेत्रमा ट्रेड युनियन खोल्ने, माग दाबी पेस गर्ने,  सामूहिक सौदाबाजी गर्ने र आवश्यकता अनुसार हड्ताल लगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्न पाउने ट्रेड युनियन अधिकारलाई संवैधानिक एवं कानुनी रूपमा स्थापितगर्न प्रयत्नशील रहने ।
(११) श्रमिक पेसाकर्मी र आश्रित परिवारको हितका लागि विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने गराउने ।
(१२) राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहित श्रमिक पेसाकर्मीहरूको जीवनलाई समृद्ध बनाउन क्रियाशील रहने ।
(१३) मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै समाजवाद स्थापनाका लागि सहयोग पु¥याउने ।
(१४) स्वरोजगार क्षेत्रका श्रमिक पेसाकर्मीहरूको हकहितको संरक्षण गर्ने ।
(१५) कार्यस्थल र सार्वजनिक क्षेत्रमा लैब्गिक विभेदको अन्त्य गर्न प्रयत्नशील रहने ।
(१६) सेवा निवृत्त श्रमिक पेसाकर्मीको हकहितको संरक्षण गर्ने ।
(१७) सार्वजनिक सेवालाई जनमुखी उत्तरदायी र प्रभावकारी बनाउनभूमिका खेल्ने ।
(१८) उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न तथा असल श्रम सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहने ।
(१९) सार्वजनिक प्रशासनको अनुसन्धान र विकासका निम्ति काम गर्ने । अनुसन्धानात्मक लेख, सब्ग्रह, बुलेटिन, मुखपत्र तथा विभिन्न रचनाहरू प्रकाशन गर्ने, प्रशारण गर्ने ।

लक्ष्यहरू

पेसागत महासंघ नेपालका लक्ष्यहरू
श्रमिक/पेसाकर्मीहरूको सेवासुरक्षा, समान अवसर, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि समाजवाद महासङ्घको लक्ष्य हुनेछ ।