Breaking News
Home / आयोगहरू

आयोगहरू

निर्वाचन आयोग

पेशागत महासंघका विभिन्न कार्य समितिहरूका निर्वाचन सम्पन्न गर्न महाधिबेशनको प्रतिनिधिहरू वाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिकोबहुमत वाट पाँच सदस्यीय एक निर्वाचन आयोगकोगठन गरिनेछ । निर्वाचन आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । निर्वाचन आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिकोपदेन सदस्यकोरूपमा रहनेछन ।

अनुशासन आयोग

महासंघमा विधान, विनियम, निर्णय, निर्देशन वा प्रचलित नियम उलंङघन गरी महासंघको काम कारवाही तथा आचरण विपरित हुने गम्भीर प्रकृतीको कार्य गरेमा अनुशासन आयोगले स्पष्टीकरण सोध्ने, पंतिवेदन लिने, छानविन गर्ने र गम्भिर त्रुटी भएको देखिएमा तोकिए बमोजिम सम्बन्धित तहकोकार्य समितिलाई कारवाहीकोलागि सिफारिस गर्न महाधिबेशनकोप्रतिनिधिहरूवाट उम्वेदवार दिई महाधिबेशनका सम्पूर्ण प्रतिनिधिकोबहुमत वाट पाँच सदस्यीय एक अनुशासन आयोगको गठन गरिनेछ । अनुशासन आयोगमा एक जना अध्यक्ष र दुई जना महिला सहित चार जना सदस्य रहनेछन । अनुशासन आयोगकोअध्यक्ष स्थायी समितिमा पदेन सदस्य र आयोगका सदस्यहरू राष्ट्रिय समितिको पदेन सदस्यको रूपमा रहनेछन ।